
पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
माथागढी गाउँपालिका–५ आर्थोकघाटस्थित रहवास खैरेनीमा सोमबार लु २ ख ५६१ नम्बरको टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रुपन्देहीको खैरेनीबाट माथागढी–५ धामिका ढुङ्गाखानीतर्फ आउँदै गरेको टिपर खैरेनी सडकखण्डमा दुर्घटना भएको हो ।
दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ का चालक २४ वर्षीय प्रदीप कुमाल र त्यही ठाउँका सहचालक १८ वर्षीय मनिष परियारको घट्नास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा