
काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)ले ६३ औँ वार्षिकोत्सवको अवसर पारेर आज उत्कृष्ट पत्रकार, कर्मचारीलाई पुरस्कृत गरेको छ ।
सोमबार आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकार र कर्मचारी गरी आठ जनालाई उक्त पुरस्कार प्रदान गर्नुभयो ।
उत्कृष्ट सम्पादनतर्फ वरिष्ठ सम्पादक कृष्ण सापकोटा, उत्कृष्ट समाचार सङ्कलनतर्फ वरिष्ठ सहायक समाचारदाता अशोक घिमिरे र उत्कृष्ट कर्मचारीतर्फ उपव्यवस्थापक राजेशकुमार श्रेष्ठ पुरस्कृत हुनुभएको छ ।
उत्कृष्ट फोटो तथा श्रव्यदृश्यतर्फ सुरेश आचार्य (सुर्खेत), उत्कृष्ट आलेखतर्फ रामविकास चौधरी (रुपन्देही) तथा उत्कृष्ट जिल्ला समाचारदातातर्फ रुपनी जिएम (बाँके), मनोज दाहाल (मोरङ) र निरञ्जनकुमार साह (धनुषा)ले पुरस्कार प्राप्त गर्नुभयो । पुरस्कारको राशि जनही २० हजार रुपैयाँ रहेको छ ।
मन्त्री शर्माले राससको सेवाग्राहीमध्येबाट रेडियो नेपाल, रातोपाटी अनलाइन र प्रतीक दैनिक (वीरन्गज) लाई सम्मान प्रदान गर्नुभयो । ती सञ्चारमाध्यमले राससको समाचार प्रकाशन तथा प्रसारण गर्ने क्रममा ‘क्रेडिट’ दिएका कारण सम्मान गरिएको रासस व्यवस्थापनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा