
धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक विश्वासको मत प्राप्त गर्नुभएको छ ।
मुख्यमन्त्री यादवलाई नेकपा एमाले र जनमत पार्टी नेपाल बाहेकका दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् । प्रदेशसभामा आइतबार उपस्थित १ सय ४ मध्ये ६९ जनाले उहाँलाई विश्वासको मत दिए । बैठकमा उपस्थित ३५ जनाले भने विपक्षमा मत हाले ।
मुख्यमन्त्री यादवले माघ ९ गते जनमतका दुई मन्त्रीले सरकार छाड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि फेरि विश्वासको मत लिनु परेको हो ।
मधेश प्रदेशसभामा १ सय ७ सांसदमा सबैभन्दा धेरै एमालेका २४ जना छन् । प्रदेशसभामा कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमतका १३, नेकपा माओवादी केद्रका ९, लोसपाका ९ र नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् । प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी, राप्रपाका एक, एक र एक स्वतन्त्र सांसद छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा