
काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ चयन हुनुभएको छ । चार-चार महिनामा परिवर्तन हुने भनिए पनि आठ महिनापछि मोर्चाको नेतृत्व फेरिएको हो ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आइतबार बसेको बैठकले मोर्चाको संयोजकको जिम्मेवारी नेकपाका महासचिव चन्दलाई दिएको हो । यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मोर्चाको संयोजक हुनुहुन्थ्यो ।
बैठकले सबै जिल्लामा संयोजन समिति बनाउने र मुख्य-मुख्य शहरमा जनपरिचालन गर्ने निर्णय गरे पनि कहिले र कसरी गर्ने ? भन्ने विषयको टुंगो लगाएको छैन । मोर्चाको आगामी बैठकले यसको टुंगो लगाउने बताइएको छ ।
आजको बैठकमा मोर्चालाई प्रभावकारी ढंगबाट अगाडि बढाउने विषयमा छलफल भएको थियो । आजको बैठकमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव भने अनुपस्थित हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा