
काठमाडौँ । तीन खेलको एकदिवसीय श्रृंखला अन्तर्गत आज भएको पहिलो खेलमा क्यानडा-११ ले नेपाल ‘ए’लाई ४ विकेटले पराजित गरेको छ । जितका लागि २१७ रनको लक्ष्य पाएको क्यानडा-११ ले ४९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो ।
मूलपानीस्थित क्रिकेट मैदामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन जोडेको थियो ।
२१७ रनको विजयी लक्ष्यसहित ब्याटिङमा ओर्लिएको क्यानडा-११ ले जितका लागि ठूलो संघर्ष गर्नुपर्यो । शुरुवाती १० ओभर भित्र ४ विकेट गुमाएर दवावमा आएको क्यानडा-११ का नवनित दलिवालले ८० र निखिल दत्तले ६७ रन बनाएपछि नेपाल भ्रमणमा रहेको क्यानडा-११ ले पहिलो जित दर्ता गरेको हो ।
नेपाल ‘ए’ का लागि साहब आलमले दुई विकेट लिए । रासिद खान, बसिर अहमद प्रतिशत जित र सागर ढकालले एक-एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनाएको थियो ।
नेपाल ‘ए’का लागि बसिर अहमदले अविजित अर्धशतकिय पारी खेलेका थिए । उनले ५५ बलमा ३ चौका र १ छक्काको मद्दतमा ५० रन जोडेर अविजित रहे । यसैगरी मयन यादवले ३५, रसिद खानले ४०, किरन ठगुन्नाले २५, विवेक यादवले २१ रन तथा सन्दिर जोराले १४ को योगदान दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा