
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचक आइतबार २७ दशमलव २१ अंकले ओरालो लागेर २ हजार ३४ दशमलव ८२ मा सीमित भएको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ३५ अंकले ओरालो लागेर ३ सय ६५ दशमलव २० मा सीमित भएको हो । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमन कमी आएको छ । आइतबार १ करोड सात लाख ७२ हजार ४सय ८३ कित्ता शेयर, ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १ सय ९६ रुपैयषँमा कारोबार भएको छ ।
कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । त्यो कम्पनीको ४० करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भयो । एनआइसी एशिया बैंक १३ करोड ६५ लाख ६४ हजार १ सय ४०, जोशी हाइड्रोपावर १० करोड १४ लाख १ सय ९२, सगरमाथा जलविद्युत् कम्पनी ९ करोड २७ लाख ९३ हजार ५ सय ९८ र युनियन हाइड्रोपावर ७ करोड ६१ लख १८ हजार १ सय ७ रुपैयाँमा खरिद बिक्री भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । किसान लघुवित्त ८ दशमलव २२, युनियन हाइड्रोपावर ६ दशमलव ६५ र आशा लघुवित्तका लगानीकर्ताले ६ दशमलव शून्य ४ प्रतिशतले कमाएका छन् ।
सामलिङ पावर ८ दशमलव २१, दोर्दी खोला जलविद्युत् कम्पनी ६ दशमलव १५, पाँचथर पावर कम्पनी ५ दशमलव ९१, बाराही हाइड्रोपावर ५ दशमलव ८२ र एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले ५ दशमलव ६१ प्रतिशतले गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा