
काठमाडौँ । तीन खेलको एकदिवसीय श्रृंखला अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल ‘ए’ले क्यानडा-११ लाई २१७ रनको लक्ष्य दिएको छ । मूलपानीस्थित क्रिकेट मैदामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो ।
नेपाल एका लागि बसिर अहमदले अविजित अर्धशतकिय पारी खेलेका थिए । उनले ५५ बलमा ३ चौका र १ छक्काको मद्दतमा ५० रन जोडेर अविजित रहे । यसैगरी मयन यादबले ३५, रसिद खानले ४०, किरन ठगुन्नाले २५, विवेक यादबले २१ रन तथा सन्दिर जोराले १४ को योगदान दिएका थिए । कप्तान विनोद भण्डारी व्यक्तिगत ५ रनमा आउट भएका थिए ।
क्यानडका लागि कप्तान साद बिन जाफले तीन विकेट लिए भने इश्वरजीत सोहीले दुई विकेट झारे । त्यस्तै डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले समान एक-एक विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा