
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनालाई लिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ ।
गएको पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको थियो त्यो घटना छानविनको लागि सरकारद्वारा गठित जाँजबुझ आयोगले मन्त्री ज्वाला पनि दोषी देखिएको प्रतिवेदन दिएपछि एमालेले राजीनामा मागेको हो । एमाले सचेतक महेश बर्तौलाले प्रतिनिधिसभाको आइतबारको बैठक ज्वालालाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभामा त्यसपछि बोल्नुभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् सांसद रवि लामिछानेले पनि मन्त्री ज्वालाको राजीनामा माग्नुभएको छ। सभामुख देवराज घिमिरेले बैठक शुरु भएको जानकारी गराउनासाथ एमाले र रास्वपाका सांसदहरु मन्त्री ज्वालाको राजीनाना माग्दै आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले एमालेका सचेतक महेश बर्तौलालाई बोल्न समय दिनुभएको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सांसदहरुको प्रश्नोत्तरको कार्यसूची छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा