
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वातावरणीय जागरणका लागि आज गुह्येश्वरी–धाप बाँधको यात्रा गर्नुभएको छ ।
एमालेको काठमाडौँ जिल्ला कमिटी आयोजनामा पूर्वप्रधानमन्त्री ओलीको नेतृत्वको टोलीले पशुपति–गुह्येश्वरीबाट बागमती करिडोर–सुन्दरीजल हुँदै आलापोटसम्मको यात्रा गरेको हो । यात्राका क्रममा अध्यक्ष ओलीले काठमाडौँ उपत्यकामा पानीका स्रोतहरूको व्यवस्थापन गर्ने र नदीहरूलाई सफा बनाउन यस्ता बाँध निर्माण अगाडि बढाउन अत्यावश्यक भएकाले त्यसतर्फ अविलम्ब लाग्न सरकार र सम्बन्धित निकायलाई घच्घच्याउन स्थानीयलाई आग्रह गर्नुभयो ।
अध्यक्ष ओली प्रधानमन्त्री हुँदा उक्त बाँध निर्माण गरी त्यहाँ सांस्कृतिक, धार्मिक र प्राकृतिक पर्यटन प्रवर्द्धनका लागि विस्तृत परियोजना प्रतिवेदन बनेको थियो भने परियोजना कार्यान्वयन सिँचाइ एकाइ सञ्चालनमा आएको छ । गोकर्णेश्वर नगरपालिका १ स्थित पर्ने २४ मिटर उचाइको हुने बाँध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४ किलोमिटर दूरीमा पर्छ ।
एमाले जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले बाँध निर्माण सम्पन्न गर्न सरकारलाई सुझाव दिने र जनदबाब सिर्जना गर्ने उद्देश्यका साथ यात्रा गरिएको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा