
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत शनिबार सम्पन्न दोस्रो खेलमा नेपालले नेदरल्याण्डसलाई ९ विकेटको विशाल अन्तरले पराजित गरेको छ । जितका लागि १३८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले केवल १५.२ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
नेपालका लागि ओपनर आसिफ शेखले ५४ रन बनाए । उनले ४५ बलमा ८ चौका र १ छक्का प्रहार गरे । अनिल साहले विस्फोटक पाली खेल्दै ३६ बलमा ५७ रनको योगदान दिए । अनिलले ६ चौका र ४ छक्का प्रहार गरे ।
नेपालले एक मात्र विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो । उनी २८ रन बनाएर भियिन किंग्माको बलमा क्याच आउट भएका थिए । उनले मात्र ११ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट भएको हो । नेपालले उत्कृष्ट बलिङ र फिल्डिङ प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा सीमित गरेको थियो।
नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहित पौडेलले १–१ विकेट हात पारे । सोमपाल कामीले तेस्रो बलमा माइकल लेभिटलाई शून्य रनमा आउट गर्दै नेपालले राम्रो सुरुवात दिलाएका थिए ।
छैटौँ ओभरमा म्याक्स ओड १० रन बनाएर रन आउट भए । साइब्रान्ड र बास डे लिडेले पाली सम्हाल्ने प्रयास गर्दै गर्दा १६ औँ ओभरमा साइब्रान्ड ललित राजवंशीको शिकार बने । लगतै लिडेलाई पनि उनले आफ्नो दोस्रो शिकार बनाए ।
२६ औँ ओभरमा नोआ क्रोएस १२ रन बनाएर रनआउट हुन पुगे । लगत्तै शून्य रन बनाएका वेस्ले बरेसी भुर्तेल बलमा आउट भए । शरिज अहमद पनि लामो समय टिक्न सकेनन् । उनी कप्तान रोहित पौडेलको बलमा १ रन बनाएर आउट भए ।
आठौँ विकेटका रुपमा आर्यन दत्त १ सय २२ को स्कोरमा आउट भए । लगत्तै कप्तान एडवर्ड पनि ३३ रन बनाएर भुर्तेलको शिकार बने । भिभियन किंग्मालाई भुर्तेलले आफ्नो चौथो शिकार बनाए ।
पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३।१ ओभरमा ६ विकेटको क्षतिमा पुरा गरेको थियो ।
यो पनि
नेपालको उत्कृष्ट बलिङ, नेदरल्याण्ड्स १३७ रनमा अलआउट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा