
काठमाडौंँ । आईसीसी क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपालले टस जितेर नेदरल्याण्डसविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गर्दै नेदरल्याण्डलाई ब्याटिङको निम्तो दिएका छन् ।
नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । करण केसी र पवन सरार्फ बाहिर भएका छन् । दीपेन्द्रसिंह ऐरी र देव खनाल टिममा समावेस भएका छन् ।
पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको थियो ।
नेपालको टोली
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, अनिलकुमार साह, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, ललित राजवंशी र देव खनाल ।
बेन्च – करण केसी, सूर्य तामाङ, पवन सरार्फ र आरिफ शेख ।
नेदरल्याण्ड्स टोली : स्कट एडवार्ड्स (कप्तान तथा विकेटकिपर), म्याक्स ओडाउड, नोआह क्रस, शरिज अहमद, आर्यन दत्त, माइकल लेभिट, भिभियन किंग्मा, वेस्ली ब्यारेसी, स्याब्रान्ड एंगेलब्रेक्ट, बास डि लिडे र क्याइल केलिन,
बेन्च : विक्रमजित सिंह, ओलिभर एलेनबास, रोएओल्फ भान डेर मर्वे, तेजा निदामानुरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा