
काठमाडौँ । ललितपुरको बालकुमारीमा गत पुस १३ गते प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न गठित समितिले सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको निष्कर्ष निकालेको छ ।
यो निष्कर्षसहितको प्रतिवेदन आज समितिले गृहमन्त्रीलाई बुझाएको छ । कोरियन भाषा परीक्षामा सहभागी हुनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो । सोही घटनाबारे छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको नेतृत्वमा गठित समितिले ४४ दिनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो ।
समितिले घटनामा बल प्रयोग गर्ने अधिकृतहरुलाई विभागीय कारबाहीको सिफारिस पनि गरेको छ । समितिले २९ जनासँग बयान लिएको थियो । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला नगएको भए घटना हुने सम्भावना न्यून रहेको उल्लेख गर्दै प्रतिवेदनले मन्त्रीको कार्यबारे पनि प्रश्न उठाएको छ । सुरक्षा योजना बनाउन नसकेकामा प्रमुख जिल्ला अधिकारी र ललितपुरका प्रहरी प्रमुखलाई सचेत गराउनसमेत समितिले सिफारिस गरेको छ ।
यो पनि...
जाँचबुझ आयोगले बालकुमारी घटनाको प्रतिवेदन बुझायो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा