
सुर्खेत । कर्णालीमा ५ हजार ८ सय ५२ वटा उद्योग तथा वाणिज्य फर्म दर्ता भएका छन् ।
गत आर्थिक वर्ष २०७९/८० मा कर्णाली प्रदेशका १० वटै जिल्लामा गरी पाँच हजार आठ सय ५२ उद्योग तथा वाणिज्य फर्म दर्ता भएका हुन्। तीन हजार आठ सय ४० उद्योग र दुई हजार १२ वाणिज्य फर्म दर्ता भएका थिए । गत आवमा पाँच सय ३८ वाणिज्य फर्म र दुई सय ४४ उद्योग फर्म खारेज भएका थिए ।
प्रदेश सरकारको तथ्याङ्कानुसार गत आवमा सुर्खेतमा सबैभन्दा बढी उद्योग तथा वाणिज्य फर्म दर्ता भएका छन् । सुर्खेतमा उद्योगतर्फ ८ सय ६१ तथा वाणिज्यतर्फ ९ सय १० फर्म दर्ता भएका उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रशासकीय अधिकृत थिरबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ।
जुम्लामा पाँच सय ९३ उद्योग र एक सय ७१ वाणिज्य फर्म दर्ता भएका छन् । दैलेखमा ५ सय ४१ उद्योग र एक सय ९४ वाणिज्य फर्म, हुम्लामा दुई सय ७६ उद्योग र ८२ वाणिज्य फर्म, सल्यानमा २ सय १९ उद्योग र एक सय २७ वाणिज्य फर्म दर्ता भएको अधिकृत श्रेष्ठले बताउनुभयो ।
रुकुम पश्चिममा दुई सय २८ उद्योग र एक सय ६४ वाणिज्य फर्म, जाजरकोटमा तीन सय ५८ उद्योग र एक सय ३२ वाणिज्य फर्म, मुगुमा दुई सय ४२ उद्योग र ४६ वाणिज्य फर्म, कालीकोटमा तीन सय २६ उद्योग र एक सय २० वाणिज्य फर्म तथा डोल्पामा एक सय ९६ उद्योग र ६६ वाणिज्य फर्म दर्ता भएका निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा