
इलाम । इलाम सदरमुकाममा फागुन २४ र २५ गते आदिवासी याक्थुङ र लिम्बू सांस्कृतिक महोत्सव हुने भएको छ ।
आदिवासी याक्थु र लिम्बू समुदायको सांस्कृतिकसहित विभिन्न पक्षको विकास, विस्तार र जगेर्ना गराउने उद्देश्यले किरात याक्थुङ चुम्लुङको आयोजनामा महोत्सव गर्न लागिएको हो । महोत्सवका लागि चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मीको संयोजकत्वमा मूल आयोजक समिति बनाएर तयारी थालिएको छ ।
युवापुस्ता आफ्नो मौलिकता बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको अहिलेको अवस्थामा संस्कृति प्रवर्द्धनका निम्ति महोत्सव गर्न लागिएको संयोजक सोङ्मीले बताउनुभयो । ‘भाषा, संस्कृति र साहित्यले सम्पन्न आदिवासी याक्थुङ र लिम्बु समुदायको परम्परागत र मौलिक संस्कृतिको संरक्षण गर्दै युवा पुस्तामा पुस्तान्तरण गर्न महोत्सव आयोजना गर्न लागिएको हो’ उहाँले भन्नुभयो– ‘महोत्सवमा आदिवासी याक्थुङ र लिम्बू समुदायको संस्कृति झल्कने प्रस्तुति रहेनछन् ।’
महोत्सवमा सांस्कृतिक झाँकीसहित याक्थुङ र लिम्बू समुदायको मौलिक नृत्य च्याब्रुङ नाच (केःलाङ) प्रदर्शन गर्ने, धाननाच (याःलाङ) पालाम, हाक्पारे लगायत प्रस्तुतिसहित सांस्कृतिक पोसाकको प्रदर्शनी पनि रहने संयोजक सोङ्मीले जानकारी दिनुभएको छ । उहाँका अनुसार इलाम बजारमा हुने महोत्सवमा याक्थुङ÷लिम्बू जातिको बाहुल्य रहेको अरुण पूर्वका नौ जिल्ला, उपत्यकाका ३ र चितवन गरी १३ जिल्लाका किरात याक्थुङ चुम्लुङको सहभागिता रहनेछ ।
महोत्सवमा दुई सय च्याब्रुङको प्रदर्शनी रहने प्रचारप्रसार उपसमितिका सहसंयोजक अतित योङहाङले बताउनुभयो । च्याब्रङ नाच (केःलाङ) को आफ्नै ऐतिहासिकता, नीति र प्रयोगको नियम रहेको जानकारहरु बताउँछन् । च्याब्रङ नाच विभिन्न जनावर र पशुपन्छीको अभिनय गर्दै नाच्ने गरिन्छ । यो नाचमा परिवेश अनुसार च्याब्रुङको ताल पनि फरक हुन्छ ।
च्याब्रङ नाचलाई व्यवस्थित गर्न किरात याक्थुङ चुम्लुङसहित लिम्बू भाषा, संस्कृतिको क्षेत्रमा सक्रिय सङ्घसंस्थाले प्रयास गर्दै आएका छन् । यसको संरक्षण र प्रवर्द्धनका लागि राज्यले लगानी गरी तदारुकता देखाउनुपर्ने उनीहरुको माग छ ।
पश्चिमा संस्कृतिले आदिवासी जनजातिका मौलिक संस्कृति लोप हुने अवस्था सिर्जना हुँदै गएपछि लिम्बू समुदायका युवायुवाती संस्कृति संरक्षणमा जागरुक बन्न थालेको लिम्बू किरात याक्थुङ चुम्लुङका सङ्घीय सचिव चक्र येक्तेन अभिषेकले बताउनुभयो । राज्यले लगानी नगर्दा समुदाय स्तरको प्रयासले मात्र ठोस उपलब्धि हासिल गर्न नसकिएको उहाँको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा