
तनहुँ । आर्थिक वर्षमा तनहुँमा विकास बजेट खर्च सन्तोषजनक नभएको पाइएको छ। साउनदेखि माघ मसान्तसम्म सात महिनाको अवधिमा विकास बजेटतर्फ १७ प्रतिशत मात्रै खर्च भएको छ ।
पुँजीगततर्फ सङ्घीय सरकारमार्फत ३ अर्ब ७५ करोड ८२ लाख ७६ हजार ८ सय २९ रुपैयाँ विनियोजन भएकामा ६३ करोड ८८ लाख ६१ हजार ४ सय ९२ रुपैयाँ खर्च भएको प्रमुख कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिनुभएको छ। कोष नियन्त्रक भट्टराईका अनुसार चालुतर्फ ८ अर्ब ७६ करोड ३६ लाख १७ हजार ६१ रुपैयाँ विनियोजन भएकामा ४ अर्ब ७७ करोड ४६ लाख ६८ हजार ४ सय ८२ रुपैयाँ खर्च भएको छ । यो ५४.४८ प्रतिशत हो ।
प्रदेश सरकारमार्फत विनियोजित बजेटमध्ये पुँजीगततर्फ २१.६४ प्रतिशत बजेट खर्च भएको छ । माघ मसान्तसम्ममा सङ्घ भन्दा प्रदेश सरकार मातहतका कार्यालयले विकास बजेट बढी खर्च गरेका कोष नियन्त्रक भट्टराईले बताउनुभयो । पुँजीगततर्फ २ अर्ब ६२ करोड ५५ लाख १३ हजार रुपैयाँ विनियोजन भएकामा ५६ करोड ८२ हजार ४८ लाख २ सय ६६ रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।
चालुतर्फ ८३ करोड ६४ लाख ८९ हजार ४ सय विनियोजन भएकामा २६ करोड ६६ लाख २ हजार ४७ रुपैयाँ अर्थात ३१.८७ प्रतिशत बजेट खर्च भएको छ । योजना छनोट गरेर लागू गरेपछि शुरुको त्रैमासिकमा बोलपत्र प्रक्रिया हुने, बोलपत्र प्रक्रिया पूरा भएर काम शुरु गर्न तीन महिना लगाउने र कामको गति नबढाउने लगायत कारणले विकास बजेटको खर्च न्यून देखिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार ७ महिनामा सङ्घ र प्रदेशको गरी १८ दशमलव ९१ प्रतिशत विकास अर्थात पुँजीगत बजेट खर्च भएको छ । पुँजीगत बजेट ६ अर्ब ३८ करोड ३७ लाख ८९ हजार ८ सय २९ रुपैयाँ मा १ अर्ब २० करोड ७१ लाख ९ हजार ७ सय ५९ रुपैयाँ खर्च भएको छ । चालुतर्फ ५२ दशमलव ५१ प्रतिशत खर्च भएको छ । चालुतर्फ ९ अर्ब ६० करोड १ लाख ६ हजार ४ सय ६४ रुपैयाँ खर्च भएको कोष नियन्त्रण कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सङ्घ सरकारतर्फ ६ अर्ब ६२ करोड ७६ लाख ६२ हजार १ सय ८८ रुपैयाँ राजस्व सङ्कलन भएको छ । प्रदेशतर्फ १४ करोड ५२ लाख ३८ हजार ५ सय ८८ राजस्व सङ्कलन भएको कोष नियन्त्रक भट्टराईले जानकारी दिनुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा