
सुनसरी । कोशीका मुख्यमन्त्री केदार कार्कीले इनरुवा–दुहबी सडकको निर्माण छिट्टै शुरु हुने बताउनुभएको छ ।
सुनसरी सदरमुकाम इनरुवा–१ मा शुक्रबार स्थानीयसँगको कुराकानीमा मुख्यमन्त्री कार्कीले त्यो सडक निर्माणका लागि बोलपत्र आह्वानको प्रक्रिया अगाडि बढेकाले निर्माण चाँडै शुरु हुने उल्लेख गर्नुभयो । ‘सडकखण्ड निर्माण प्रदेश वा सङ्घ सरकार कस्ले गर्ने विषयमा अन्यौलता थियो । अब त्यो समस्या समाधान भएकाले निर्माण चाँडै शुरु हुन्छ’ उहाँले भन्नुभयो ।
फरक प्रसङ्गमा बोल्नुहुँदै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका सबै १० वर्षमुनिका बालबालिकालाई प्रदेश सरकारले निःशुल्करुपमा स्वास्थ्य उपचारका लागि व्यवस्था गरेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री कार्कीले यस जिल्लाको विकासका लागि टुक्रे योजनाभन्दा जनतालाई प्रत्यक्ष फाइदा हुने योजना आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, पूर्वराज्यमन्त्री सीताराम मेहता, जिल्ला समन्वय समितिका सभापति राजन मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उपप्रमुख विनिताकुमारी मेहता, इनरुवा–५ का वडाध्यक्ष अनिल पोखरेल, कांग्रेस सुनसरीका पङ्कज महतो, वीरेन्द्रकुमार साह लगायतको सहभागिता रहेको थियो ।
सहभागीले इनरुवा–दुहबी सडक निर्माण शुरु गर्नका लागि आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा