
हुम्ला । नेपाल एयरलाइन्सले फागुन ७ गते सिमकोट-सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ ।
नेपाल एयरलाइन्स अहिलेसम्म नेपालगञ्ज–सिमकोट– नेपालगञ्ज रुटमा उडान गर्दै आएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने गरी सिमकोटबाट परीक्षण उडान गर्न लागिएको नेपाल एयरलाइन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले जानकारी दिनुभएको छ । यसका लागि सबै तयारी पूरा भएको उहाँको भनाई छ ।
‘नेपाल एयरलाइन्सको जहाजले नेपालगञ्ज(सिमकोटमा उडान गरेपछि त्यही दिन सिमकोट(सुर्खेत परीक्षण उडान हुनेछ’ उहाँले भन्नुभयो– त्यसपछि सुर्खेत- सिमकोटका लागि यात्रुसहितको उडान भर्ने तालिकाको तयारी भइरहेको छ ।’ यद्यपि अझै भाडा कति निर्धारण भने भइसकेको छैन ।
सिमकोट- सुर्खेत हवाई उडान हुने भएपछि हुम्लाबासीलाई सहज हुने भएको स्थानीय गोर्ख रोकायाले बताउनुभयो । ‘सिमकोट- सुर्खेत उडान शुरु
भएपछि हुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सुर्खेत जानुपर्ने बाध्यता हट्नेछ’ उहाँले भन्नुभयो ।
सिमकोटबाट नेपालगञ्ज जान जहाजमा ४५ मिनेट लाग्छ । नेपालगञबाट सुर्खेत पुग्न गाडीमा चार घण्टा लाग्छ।अब सिधै प्रदेश राजधानी सुर्खेत पुग्न नियमित उडान भए ३५ मिनेट पुग्न सकिने रोकायको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा