
काठमाडौँ । आइसीसी विश्वकप लिग-२ को पहिलो खेलमा नेपालले बिहीबार नामिबियासंग प्रतिस्पर्धा गर्दैछ । चार वर्षको लिग-२ साइकल (सन् २०२३-२०२७) अन्तर्गत नेपाल, नेदरल्याण्ड्स र नामिबियाले बिहीबारदेखि तीन देशीय श्रृंखला शुरु गर्न लागेका हुन्।
त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो प्रतिस्पर्धीका रुपमा रहेको नामिबिया एकदिवसीय वरीयतामा नेपालभन्दा एक स्थान पछाडि छ। नेपाल १५ औं स्थानमा रहँदा नामिबिया १६ औं स्थानमा छ।
नेपालले नामिबियाविरुद्ध पछिल्ला पाँचमध्ये दुई खेल जित्दा दुई खेल गुमाएको थियो । एउटा खेल भने नतिजाबिहीन बनेको थियो। नामिबियाविरुद्ध कीर्तिपुरमा खेलेका पछिल्लो दुई खेल नेपालले जितेको छ ।
अघिल्लो संस्करणको लिग-२ मा शीर्ष तीनमा रहँदै नेपालले विश्वकप छनोट खेलेको थियो।
नेपालले पूर्वघोषित टोलीमा दुई परिवर्तन गर्दै सिरिजको अघिल्लो दिन खेलाडीको नाम सार्वजनिक गरेको छ। क्यानडाविरुद्धको सिरिजमा सानदार शतक र कीर्तिमानी अर्धशतक बनाएका अनिल साह र यू-१९ विश्वकपमा टोलीलाई सुपर सिक्ससम्म पुऱ्याएका कप्तान देव खनालले टोलीमा स्थान बनाएका छन् । अर्जुन साउद र रिजन ढकाल बाहिरिएका छन्।
नेपालका कप्तान रोहित पौडेलले यो साइकलमा राम्रो गर्न आवश्यक रहेको बताएका छन् । कप्तान पौडेलले नेदरल्यान्ड्स भर्खर विश्वकप खेलेर आएको र नामिबिया पनि राम्रो टोली रहेकाले यो श्रृंखला रोमाञ्चक हुने आशा व्यक्त गरेका छन् । आफूहरूको लक्ष्य नम्बर एक एसोसिएट राष्ट्र बन्ने लक्ष्य रहेको कप्तान पौडेलको धारणा छ ।
नेपाल र नामिबियाबीचको खेल बिहान ९ः१५ बजे शुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा