
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल ए टिमका लागि सम्भावित ३६ जना खेलाडीको नाम सार्वजनिक गरेको छ । ३६ जनामध्येबाट १६ जनाको ए टिम बनाउने क्यानको तयारी छ ।
ए टिममा राष्ट्रिय टिमबाट खेलिसकेका विनोद भण्डारी, विवेक यादव, सन्दीप जोरा, प्रतिश जिसी, दिलीप नाथ, बसिर अहमद, मैसम ढकाल लगायत छन् । प्रधानमन्त्री कप र यू १९ प्रतियोगिता र अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनका आधारमा उनीहरु ३६ जनाको प्रारम्भिक टोलीमा परेका हुन् ।
नेपाल ए को प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली
क्यानले नेपाल ए टिमका लागि दुई प्रशिक्षक तोकेको छ । क्यानले बुधबार पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र कलाम अलीलाई नेपाल ए टिमको प्रशिक्षक तोकेको हो ।
ज्ञानेन्द्रले गत महिना भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा एपीएफ क्लबको प्रशिक्षण सम्हाल्नुभएको थियो भने कलाम अली बागमती प्रदेश टिमको प्रशिक्षक हुनुहुन्छ । ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा