
काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको नाम र चुनाव चिन्ह फेर्न सुझाव आएको छ। मंगलबारदेखि राजधानीमा भइरहेको विधान अधिवेशनमा केही नेताहरुबाट यस्तो सुझाव आएको हो ।
अधिवेशनको समूहगत छलफलमा बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले प्रस्तावनालाई छरितो बनाउनुपर्ने, पार्टी र निर्वाचन चिह्न फेर्न सुझाव आएको जानकारी दिनुभएको छ । सहयात्रीका अनुसार छलफलमा सङ्गठनात्मक सिद्धान्तलाई छोटो बनाउनुपर्ने र पार्टी सदस्य दिँदा सरल बनाउनुपर्नेमा जोड दिइएको छ । उहाँले निर्वाचन, लेखा र अनुशासनलाई थप अधिकार दिनुपर्ने र महाधिवेशनको मिति स्पष्टरुपमा तोकिनुपर्ने सुझाव रहेको उल्लेख गर्नुभयो ।
अर्का नेता ओम शर्माले पनि प्रस्तावनालाई चुस्त बनाउनुपर्ने र पार्टीको नाम फेर्नुपर्ने सुझाव आएको बताउनुभयो । विधान अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको छ । अहिलेसम्म १३ समूहले विधानमाथि सुझाव पेश गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा