
काठमाडौँ । अकस्मात् बिग्रिएको मौसम बिहीबारदेखि सुधार हुने भएको छ ।
पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार भोलिदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ। अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश खुलिसकेको उहाँले जानकारी दिनुभएको छ।
त्यो मौसमी प्रणाली देशको पश्चिम भेगबाट क्रमशः पूर्वीभेगतिर सरिरहेकाले आज रातिसम्म मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो। अहिले सङ्घीय राजधानी काठमाडौँसहित देशका अधिकांश भागमा मौसम बदली रहेको छ । उहाँका अनुसार मधेश प्रदेशका एक÷दुई स्थान तथा काठमाडौँका केही स्थानमा छिटफुट वर्षा भएको छ
आज रातिको समयमा कोशी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ। अहिले काठमाडौँको अधिकतम तापक्रम १६ डिग्रि सेल्सियस रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा