
भक्तपुर । विद्यालयमा खेल पाठ्यक्रम लागू गरिने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले सरकारले आगामी आर्थिक वर्षबाट राज्यको १६ औँ योजनामा खेलकुदलाई समावेश गर्ने तयारी गरेको बताउनुभएको छ ।
आज नेपाल सितेरियो सोबुकान कराते डो सङ्घअन्तर्गत मध्यपुर कराते एकेडेमीको चौथो वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा उहाँले सरकारले बजेटसहित १६औँ योजनामा खेलकुदलाई समावेश गर्ने तयारी गरेको बताउनुभएको हो ।
उहाले भन्नुभयो– ‘जबसम्म विद्यालय तहमा खेलकुदलाई अनिवार्य गरिँदैन तबसम्म ठूला अन्तर्राष्ट्रिय पदक जित्न गाह्रो छ, त्यसैले सरकारले आगामी वर्षदेखि विद्यालय तहको पाठ्यक्रममा खेलकुदलाई अनिवार्य विषयका रुपमा समावेश गर्दै सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गर्ने गरी व्यवस्था गर्न गराउन परिषद् लागि रहेको छ, यसो हुन सके खेलकुदका ठूला प्रतियोगितामा देशले ठूला नतिजा हासिल गर्न सक्छ ।’
देशमा अब खेलेर पनि जीवन धान्न सकिने अवस्था आएको भन्दै उहाँले खेल र खेलाडीलाई व्यावसायिक बनाउन परिषद् लागि रहेको बताउनुभयो । सदस्य सचिव घिसिङले भन्नुभयो– ‘राज्यलाई पदक दिलाइ रहँदा खेलाडीले चाही के पाउने भन्ने सवाल उठिरहन्छ, अब खेलाडीले पनि पाउने व्यवस्था गरिएको छ, यसपाली मात्रै ओलम्पिकमा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई सरकारले एक करोड ३३ लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरेको छ, यस्ता पुरस्कारको व्यवस्था थप गर्दै लेगेको छ ।’
खेलाडीलाई बीमाको नीति नै नभएको हाम्रो देशमा राखेपकै पहलमा खेलकुद बीमाको व्यवस्था गरेको जनाउँदै उहाँले खेलकुद विज्ञान भएकाले व्यावसायिक प्रशिक्षक उत्पादन गर्दै व्यावसायिक खेलाडी उत्पादन गर्न खेलकुद ल्याव स्थापना गर्न लागि परेको चर्चा गर्नुभयो ।
उहाँले खेलकुदको विकास गर्न तीन तहकै सरकार सक्रिय हुनुपर्नेमा जोड दिँदै स्थानीय तहको सरकार जिम्मेवार भएर लाग्नुपर्ने र विद्यालय तहमा अनिवार्य खेलकुदको प्रशिक्षण लागू गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख एवं मध्यपुर कराते एकेडेमीका संरक्षक मदनसुन्दर श्रेष्ठले ट्रलिबस कार्यालयको सब स्टेशनका रुपमा रहेको भवन प्रयोगविहीन रुपमा खेर गइरहेको अवस्थामा आफू नगर प्रमुख हुँदा सदुपयोग गर्दै करातेको एकेडेमी बनाउन सफल भएको बताउनुभयो ।
एकेडेमीका अध्यक्ष सजन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष रामसुन्दर श्रेष्ठलगायतले मध्यपुरमा फुटबलमा जस्तै करातेमा पनि खेलाडी उत्पादनमा सक्रिय रहेको बताउनुभयो । कार्यक्रममा सुरेश महर्जन र सुनिल श्रेष्ठलाई सम्मान गरिनाका साथै विभिन्न खेलाडीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै