
काठमाडौँ । विद्युत् विधेयकमा नवीकरणीय ऊर्जालाई समेट्न माग भएको छ ।
प्रस्तावित विद्युत् विधेयक २०८० समग्र ऊर्जा क्षेत्रको छाता ऐन भएकाले यसमा नवीकरणीय ऊर्जाका माध्यम जलविद्युत्, सौर्य ऊर्जा तथा बायोग्यास लगायतका स्रोतलाई पनि समेट्न सरोकारवालाहरुले माग गरेका हुन् । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घले बुधबार जारी विज्ञप्तिमा विधेयकको परिचय खण्डमा नवीकरणीय ऊर्जा स्रोतका विषय पनि उल्लेख गरिएको हुँदा विद्युतीकरण र ऊर्जा उपभोगको अधिकार सुनिश्चित गर्न नवीकरणीय ऊर्जाका माध्यम जलविद्युत्, सौर्य ऊर्जा तथा बायोग्यासलगायतका स्रोतको भूमिकालाई ऐनले नजरअन्दाज गर्न नहुने बताइएको छ ।
नेपालमा जलविद्युत् बाहेक अन्य स्रोतको उपलब्धता र त्यसमा ठूलो लगानी भइरहेको छ । स्वच्छ ऊर्जाको बलियो स्रोतका रुपमा रहेको नवीकरणीय ऊर्जाबिना विद्युतीय ऊर्जाको परिकल्पना गर्न नसकिने हुँदा वातावरण र जलवायुमैत्री विकासका लागि नवीकरणीय ऊर्जाको प्रवद्र्धन गर्नु राज्यको जिम्मेवारी भएकाले ऐनमा यस विषयमा स्पष्ट व्यवस्था हुनुपर्नेमा जोड दिइएको छ । परिसङ्घका अध्यक्ष गुणराज ढकालद्वारा जारी विज्ञप्तिमा ऊर्जा सुरक्षा र मिश्रित ऊर्जाका निम्ति नवीकरणीय ऊर्जा राज्यले उच्च प्राथमिकतामा राख्न जरुरी भएको उल्लेख गरिएको छ ।
दिगो र भरपर्दो ऊर्जा आपूर्ति अहिलेको मुख्य चुनौती रहेको सन्दर्भमा नवीकरणीय ऊर्जालाई मिश्रित ऊर्जाको स्रोतका रुपमा उपयोग गर्ने नीति ऐनमा नै स्पष्ट हुनुपर्ने आवश्यकता औंल्याइएको छ । विज्ञप्तिमा भनिएको छ– ‘नवीकरणीय ऊर्जाका स्रोतको परिचालनका निम्ति राज्यलाई थप दायित्व सिर्जना नभई आर्थिक स्रोतको पहिचान र उपयोग पनि हुने देखिन्छ । जलवायु र वातावरणमैत्री स्वच्छ ऊर्जाको अवधारणा प्रवद्र्धन गर्नका निम्ति संयुक्त राष्टसंघ लगायत क्लाइमेट इन्भेष्टमेन्ट, कार्बन व्यापारलगायतका निकायबाट नेपालले आर्थिक लाभ लिन सक्ने सम्भावना रहेकाले प्रस्तावित विद्युत विधेयकमा यससम्बन्धी स्पष्ट व्यवस्था हुन आवश्यक छ ।’
नवीकरणीय ऊर्जाका क्षेत्रमा काम गर्ने निजी क्षेत्रको छाता सङ्गठनको रुपमा रहेको परिसङ्घमा नेपाल सौर्य विद्युत् उत्पादक संघ, नेपाल लघु जलविद्युत् विकास संस्था, नेपाल वायोग्यास प्रवद्र्धन संघ, जल तथा ऊर्जा परामर्शदाता संघ, नेपाल सौर्य तापीय ऊर्जा संघ, ग्रामीण ऊर्जा प्रविधि उत्पादक संघ नेपाल, जैविक ऊर्जा व्यवसायी संघका ५ सय भन्दा बढी कम्पनीको आवद्धता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै