
काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनमा सामूहिक छलफल जारी छ ।
मङ्गलबारदेखि राजधानीमा शुरु भएको अधिवेशनमा सहभागीहरुले प्रस्तावित विधानमाथि सामूहिक छलफल गरिरहेका छन् । अधिवेशनमा २० समूह बनाएर विधानमा छलफल भइरहेको छ । छलफलमा एउटा समूहमा ५० देखि ५५ जना सदस्य छन् ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा १३, पार्टी मुख्यालय पेरिसडाँडामा पाँच तथा जमलस्थित राष्ट्रिय नाचघर र प्रदेश कार्यालयमा एक–एक वटा समूह छलफलमा केन्द्रित रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभएको छ ।
मुख्यसचिव ढकालका अनुसार आज दिउँसो १ बजेसम्म सामूहिक छलफल हुनेछ । २ बजे प्रज्ञा प्रतिष्ठानमा बस्ने बैठकमा समूहका नेताले विधानमाथिको छलफलका निष्कर्ष पेश गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा