
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबारदेखि शुरु हुने आईसीसी विश्वकप लिग–२ मा विकेटकिपर अनिल साह र युवा खेलाडी देव खनाललाई समेट्दै टोलीको घोषणा गरेको छ ।
क्यानले भोली (बिहीबार)देखि सुरु हुने नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित लिग–२ सिरिजका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो ।
अनिल र देवलाई हालै सम्पन्न क्यानडासँगको एक दिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका कारण टोलीमा राखिएको क्यानले जनाएको छ । यद्यपि क्यानले यसअघि नै राष्ट्रिय टोलीको घोषणा गरिसकेको थियो ।
अनिल र देवले टोलीमा स्थान बनाउँदा यसअघि टोलीमा रहेका रिजन ढकाल र विकेटकिपर अर्जुन साउद बाहिरिएका छन् । लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले बिहीबार नामिबियासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । यस्तै दोस्रो खेल नेपालले शनिबार नेदरल्यान्ड्सँग खेल्नेछ ।
नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, आरिफ सेख, पवन सर्राफ, भीम सार्की, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी र सूर्य तामाङ ।
लिग–२ खेल तालिका
३ फागुन बिहीबार – नेपाल विरुद्ध नामिबिया
५ फागुन शनिबार – नेपाल विरुद्ध नेदरल्यान्ड्स
७ फागुन सोमबार – नामिबिया विरुद्ध नेदरल्यान्ड्स
९ फागुन बुधबार – नेपाल विरुद्ध नामिबिया
११ फागुन शुक्रबार – नामिबिया विरुद्ध नेदरल्यान्ड्स
१३ फागुन आइतबार – नेपाल विरुद्ध नेदरल्यान्ड्स ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा