
नवलपुर । विगतमा जुनसुकै बेलामा पनि चहलपहल भइरहने दाउन्ने क्षेत्रका होटल अहिले सुनसान छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डबीचको जङ्गल क्षेत्रमा रहेको यो ठाउँमा धुलाम्य सडकका कारण व्यापार चौपट भएको छ । धुलोले व्यापार व्यवसाय ह्वात्तै घटेको छ ।
प्रायः भरिभराउ नै रहने यहाँका होटल सडक विस्तारको काम सुरु भएसँगै अहिले सुनसान छन् । पूर्व–पश्चिम राजमार्गमा पर्ने नवलपुरको पश्चिम सिमाना दाउन्नेका व्यवसायीमा निराश छन् । बुटवल–नारायणगढ सडकखण्ड विस्तारको काम समयमै नसकिँदा राजमार्ग आसपासका धेरै व्यवसायीले ठूलो नोक्सानी बेहोर्नु परेको छ ।
२०४६ देखि होटल सञ्चालन गर्दै आउनुभएका बेलबहादुर राई मगरले धुलोकै कारण सवारीसाधन दाउन्नेमा रोकिन कम भएपछि व्यवसायमा असर परेको बताउनुभयो । ‘यहाँ गाडी कमै रोकिन्छन्, धुलोका कारण यहाँ खाना खान कोही चाहँदैनन्’ उहाँले भन्नुभयो । विस्तारका क्रममा सडक खन्नथालेपछि उडेको धूलोका कारण यहाँ व्यापारमा घाटा हुन थालेको छ ।
स्थानीय होटल व्यवसायी रचुन श्रेष्ठले सडक विस्तारको काम सुरु हुनु अगाडि दाउन्नेका होटल यात्रुले भरिभराउ हुने गरेका बताउनुभयो । राभभर यात्रुलाई खाना खुवाउन जाग्राम रहेको विगत उहाँले सुनाउनुभयो । श्रेष्ठका अनुसार दाउन्नेका होटल व्यवसायी हाल फुर्सदिला भएका छन् । ‘कुनै बेला यात्रुलाई खाना खुवाउन बस्ने ठाउँ नै हुँदैनथ्यो’ उहाँले भन्नुभयो– ‘अहिले भने कतिबेला ग्राहक आउँछन् र खाना खुवाउन पाइएला भनेर कुरेर बस्नुपर्ने अवस्था छ ।’ सडक विस्तारको क्रममा उड्ने धुँवा र धुलोका कारण दाउन्ने क्षेत्रका होटलमा पहिलेको तुलनामा ३० प्रतिशतमात्रै व्यापार हुने गरेको श्रेष्ठको भनाइै छ ।
सडक विस्तार गर्न भनेर गैँडाकोटदेखि बुटवलसम्म नै सडक भत्काइएको छ । सडकमा पहिला गरिएको कालोपत्र फाल्नका लागि सडक जोतेपछि सडकमा खाल्डाखुल्डी र धुलोका कारण सडक किनारका होटलमा खाना खानसक्ने अवस्था छैन । ३० वर्षदेखि होटल सञ्चालन गर्दै आउनुभएकी व्यवसायी शान्ता श्रेष्ठले देख्न नसकिने गरी धुलो उड्ने गरेको र त्यो सबै धुलो होटलभित्र पस्ने गरेको बताउनुभयो ।
विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने दाउन्नेमा अहिले टहरासहित करिब दुई सय ५० होटल तथा पसल छन् । सडक विस्तार शुरु हुनु अगाडिसम्म दाउन्नेमा व्यापार फष्टाएको थियो । बुटवल–नारायणगढ सडक विस्तारसँगै धुलोले यहाँको व्यापारमा कमी आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा