
काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले माल्दिभ्सलाई २२८ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गमाउँदै २२७ रन जोडेको छ ।
माल्दिभ्सविरुद्धको आजको खेलमा रुविना क्षेत्रीले ऐतिहासिक ११८ रनको योगदान दिएकि थिइन् । आक्रामक इनिङ खेलेकि रुविनाले ५९ बलमा ११८ रन जोडेर अविजित रहिन् । उनले १० चौका र ५ छक्का प्रहार गरिन् ।
नेपालकी पूजा महतोले पनि अर्धसतक पूरा गरिन् । ३६ बलमा ५९ रन जोडेकि पूजाले ५ चौका र १ छाक्का प्रहार गरिन् ।
६१ रनको अवस्थामा ४ विकेट गुमाएको नेपालले त्यसपछि भने कुनै विकेट गुमाएन । रुविना र पूजाले पाचौँ विकेटका लागि १६६ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।
समूह ‘डी’ को खेलमा नेपालले लगातार दोस्रो जित निकाल्दै चार अङ्कका साथ क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले पराजित गरेको थियो । माल्दिभ्स भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
माल्दिस पहिलो खेलमा भुटान र दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा