
काठमाडौँ । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा सुरु हुनेछ ।
समूह डी मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुगिसकेको छ । नेपाल अपराजित रहँदै क्वाटरफाइनल खेल्न चाहन्छ । शुरुका दुवै खेल गुमाएको माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको हुँदा नेपालसँगको खेल प्रतिष्ठाका लागिमात्रै हुनेछ ।
नेपालले भुटान र हङकङ दुवैलाई समान ८ विकेटले हराएको थियो । माल्दिभ्स भुटानसँग ९४ रन र हङकङसँग १७२ रनले पराजित भएको थियो ।
तुलनात्मक रुपमा कमजोर माल्दिभ्समाथि नेपाल सहज जित हात पार्न चाहन्छ । नेपालका सीता रानामगर दुवै खेलमा अलराउन्डर प्रदर्शनका साथ प्लेयर अफ द म्याच चुनिएकी छिन् । त्यस्तै रुविना क्षेत्री र इन्दु बर्मा पनि राम्रो लयमा देखिन्छन् । कविता कुँवर नेपालकी प्रमुख तीव्र गतिकी बलर हुन् ।
नेपालले क्वाटरफाइनल खेल्नुअघि आज मध्यक्रम र तल्लोक्रमका ब्याटरलाई मौका दिनसक्छ । १६ टोली सहभागी प्रतियोगितामा चार समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनल खेल्न पाउनेछन् । सेमिफाइनल हुँदै फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा