
काठमाडौँ । क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपालका ओपनर अनिल शाह र भीम सार्कीले कीर्तमानी साझेदारी गरेका छन् । आजको खेलमा अनिल र भीमले दोस्रो विकेटका लागि अविजित १ सय ८९ रनको साझेदारी गरे । यो साझेदारी एक दिवसीय क्रिकेटमा नेपालका लागि अहिलेसम्मकै उच्च साझेदारी हो ।
यसअघि सन् २०२३ मा कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध १ सय ७१ रनको साझेदारी गरेका थिए ।
अनिल १ सय १२ रनमा अविजित रहे । उनले १ सय २४ बलमा १२ चौका र २ छक्का प्रहार गरे । यस्तै भीम १ सय १ रनमा अविजित रहे । भीमले १ सय २९ बलमा ११ चौका र १ छक्का प्रहार गरेका थिए ।
अनिल र भीमको यो कीर्तिमानी साझेदारीका कारण आजको खेलमा क्यानडा ९ विकेटले पराजित भएको थियो ।
यस अघि शनिबार सम्पन्न दोस्रो खेलमा पनि अनिल शाहले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा कम बलमा अर्धशतक पुरा गर्ने ब्याट्सम्यानको कीर्तिमान कायम गरेका थिए । दोस्रो खेलमा अनिलले केवल १९ बलमा ३ छक्का र ७ चौकाको मद्दतले ५० रन बनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा