
काठमाडौँ। अनिल शाह र भीम सार्कीले अविजित शतकीय इनिङ्स खेलेपछि क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजमा नेपालले ‘क्लिनस्वीप’ गरेको छ । तीन खेलको सिरिज नेपालले ३–० ले जितेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले क्यानडालाई नौ विकेटले हरायो ।
नेपाल पहिलो खेलमा ७ रन र दोस्रो खेल ४ विकेटले विजयी भएको थियो । जितका लागि क्यानडाले दिएको २ सय ३३ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ४३.३ ओभरमा १ विकेटको क्षतिमा २ सय ३४ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।
नेपालका लागि ओपनर अनिल शाह र भीम सार्कीले सानदार शतकीय इनिङ्स खेलेका थिए । अनिल र भीमले दोस्रो विकेटका लागि अविजित एक ८९ रनको साझेदारी गरे । । यो एक दिवसीय क्रिकेटमा नेपालका लागि उच्च साझेदारी समेत हो । यसअघि सन् २०२३ मा कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध एक सय ७१ रनको साझेदारी गरेका थिए ।
अनिलको यो एक दिवसीयमा पहिलो अन्तर्राष्ट्रिय शतक हो । भीमको पनि यो खेल जीवनको पहिलो शतक हो । १ सय १२ रन बनाएका अनिलले १ सय २४ बलमा १२ चौका र दुई छक्का प्रहार गरेका थिए । यस्तै १ सय १ रन बनाएका भीमले १ सय २९ बलमा ११ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर कुशल भुर्तेल १३ रनमा आउट भए । बलिङमा क्यानडाका डिलोन हेलिगरले १ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३२ रन बनाएको थियो। क्यानडाका लागि नवनीत धनिवालले ५० रन बनाए । यस्तै निखिल दत्तले ४५, कप्तान साद विन जाफरले अविजित ३१, हर्ष ठाकेरले २९, श्रीयास मोभाले २५ र श्रीमान्थ विजयरत्नेले २२ रन जोडेका थिए ।
बलिङमा नेपालका हेमन्त धामीले ३ विकेट लिएका थिए । धामीले क्यानडाविरुद्ध नेपालका लागि डेब्यु खेल खेलेका थिए । कुशल मल्ले २ तथा ललित राजवंशी र आकाश चन्दले समान १-१ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा