
काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सोमबार १५ दशमलव ३३ अङ्कले उकालो लागेर दुई हजार एक सय एक दशमलव १६ मा अडिएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २४ अङ्कले उकालो लागेर तीन सय ७५ दशमलव ९९ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्यमा उकालो लागेको छ । एक उपसमूहको शेयर मूल्य ओरालो लागेको छ ।
कूल एक करोड एक लाख आठ हजार एक सय २२ कित्ता शेयर ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १ सय २८ रुपैयाँँमा कारोबार भयो । नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । त्यो कम्पनीको २३ करोड दुई लाख ३५ हजार चार सय ४९ बराबरको कारोबार भयो ।
एनआरएन इन्फास्टकचर रु १६ करोड ३० लाख २५ हजार एक सय ७६, एनआइसी एशिया बैंक १३ करोड ७७ लाख ४७ हजार तीन सय ९८, नेपाल इन्स्योरेन्स ११ करोड ३७ लाख तीन हजार दुई सय ९४ र सोनापुर मिनरल्स १० करोड २७ लाख ११ हजार सात सय २८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त, कुर्थली बुखरी स्मल हाइड्रोपावर, चिर्खवा हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बलेफी हाइड्रोपावरका लगानीकर्ताले भने नौ दशमलव ९८ प्रतिशतले कमाएका छन् ।
एनआइसी एशिया ग्रोथ फण्ड दोस्रो आठ दशमलव ८९, इमर्जिङ नेपाल तीन दशमलव ८६, मिड सिन्धु हाइड्रोपावर तीन दशमलव १८, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम तेस्रो दुई दशमलव ७९ र एसबीएल डिवेञ्चरका लगानीकर्ताले दुई दशमलव शून्य सात प्रतिशतले गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी