
कालिकोट । कर्णाली प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुर्खेतको टोली प्रथम भएको छ ।
कालिकोटमा माघ २६ गतेदेखि सञ्चालन भएर सोमबारसकिएको ब्याडमिन्टन प्रतियोगितामा सुर्खेतका नरेन्द्र बम र जीतप्रसाद लामिछानेको जोडी प्रथम भएको हो । सुर्खेतकै राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडी दोस्रो भएको छ ।
तेस्रोमा कालीकोटका खेलाडी सुमन विष्ट, भूपेन्द्र मल्ल, विनोदबहादुर शाही र मानबहादुर बुढा हुनुभएको छ । प्रथम विजेताले ५१ हजार एक सय ११ पुरस्कारसँगै मेडल पाउनुभएको छ । उपविजेताले ३० हजार एक सय ११ सहित मेडल पाउनुभएको छ ।
सेमिफाइनलसम्म पुग्ने दुई जोडीले १५ हजार एक सय ११ पुरस्कार पाएको आयोजक जिल्ला ब्याडमिन्टन सङ्घ कालिकोटका अध्यक्ष वीरेन्द्र शाहीले बताउनुभयो । ‘जिल्लामा नियमित ब्याडमिन्टन खेल्ने गरे पनि ठूलो पुरस्कार राशिको प्रतियोगिता पहिलो पटक भएको हो’ उहाँले भन्नुभयो– ‘यो खेल पहिलो पटक आयोजना भएको हो, आगामी दिनमा थप प्रतियोगिता गर्नका लागि हौसला मिलेको छ ।’
ब्याडमिन्टन सङ्घ कालिकोटको आयोजनामा भएको प्रतियोगितामा कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जुम्ला र कालिकोटका गरी २१ टोली दर्ता भएको ब्याडमिन्टन सङ्घले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा