
पर्सा । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आवको साउनदेखि पुस मसान्त सम्ममा १ करोड २ लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो । त्यस अवधिमा विभिन्न किसिमका १० हजार ८ सय २० सवारीमाथि कारबाही गरी उल्लेखित राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिनुभएको छ ।
त्यस अवधिमा पर्सा जिल्लामा भएको ३ सय २६ सवारी दुर्घटनमा २७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरीका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ७५ जना गम्भीर घाइते भएका छन् । गत आव २०७९/८० मा जिल्ला ट्राफिकले ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी ३ करोड ४२ लाख ६५ हजार रुपैयँँ राजस्व सङ्कलन गरेको थियो ।
यस वर्ष राजस्व अघिल्लो आव २०७८÷०७९ को तुलनामा २१ प्रतिशतले बढी भएको जिल्ला ट्राफिकले जनाएको छ । अघिल्लो आव २०७८÷७९ मा कार्यालयले २ करोड ८५ लाख २१ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । ट्राफिक चेकजाँचमा गरिएको कडाइका कारण राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरी निरीक्षक खतिवडाको भनाई छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक पर्साले जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा