
काठमाडौँ । नेपाली कांग्रेसको आसन्न महासमिति बैठकको स्थानीय व्यवस्थापन उपसमितिमा सदस्य थपिएका छन् ।
कांग्रेसको फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमितिको बैठकमा स्थानीय व्यवस्थापनलाई व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा रहेको समितिमा दश सदस्य थप गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
समितिमा गोविन्द पुडासैनी (काठमाडौँ), सुशील बस्नेत (भक्तपुर), वशिष्ठकुमार अधिकारी (ललितपुर) इन्द्रबहादुर थापा (काठमाडौँ), राजेश खड्का (भक्तपुर), लक्ष्मी महर्जन (ललितपुर) यादवप्रसाद अधिकारी (भक्तपुर), रोमेल श्रेष्ठ (काठमाडौँ) सुन्दरमान थिङ (ललितपुर) र शुभानन्रत्न धाख्वा (ललितपुर) लाई थप गरिएको मुख्यसचिव पौडेलले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा