
काठमाडौँ । क्यानडासँगको एक दिवसीय श्रृंखलामा नेपालले तेस्रो तथा अन्तिम खेल आज खेल्दैछ । टियु क्रिकेट मैदान कीर्तिपुरका हुने खेल बिहान ९ः१५ बजे शुरु हुनेछ ।
पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । नेपाल अन्तिम खेलमा विजयी हुँदै श्रृंखलामा क्लिनस्वीप गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।
अजको खेलमा नेपालले तीव्र गतिका बलर हेमन्त धामीलाई डेब्यु दिने सम्भावना छ । अनुभवी तीव्र गतिका बलर सोमपाल कामीलाई विश्राम दिएर हेमन्तले डेब्यु गर्न दिनसक्छ ।
श्रृंखलाको दोस्रो खेलमा १९ बलमा ५० रनको आक्रामक इनिङ खेलेका अनिल शाहलाई नेपालले आजको खेलमा पनि निरन्तरता दिने देखिन्छ । ७६ रनको महत्वपुर्ण इनिङ खेलेका देव खनालले पनि आजको खेलमा मौका पाउनेछन् ।
तीन खेलको श्रृंखला गुमाइसकेको क्यानडाले आजको खेलमा विनाकुनै दवाब आक्रामक खेल्न सक्ने देखिन्छ । पछिल्ला दुवै खेलमा ब्याटिङमा राम्रो सुरुवात गरेको क्यानडा अन्तिम २० ओभरमा भने लगातार विकेट गुमाउँदै पराजय भोग्न बाध्य भएको छ ।
नेपालले आगमी बिहीबारदेखि घरेलु मैदानमा शुरु हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियासँग खेल्नुअघि तयारीको लागि क्यानडासँग योृ श्रृंखला खेलिरहेको छ ।
क्यानडा पनि लिग-२ अन्तर्गत नै यूएई र स्कटल्यान्डसँग दुबईमा खेल्नुअघि तयारीको लागि नेपाल आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा