
काठमाडौँ । नेपाल र क्यानडाबीच जारी तीन दिवसीय क्रिकेट श्रृंखलाको तेस्रो तथा अन्तिम खेल भोलि (सोमबार) त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुदैछ ।
श्रृंखलाको पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटले जितेर श्रृंखला २ ० ले कब्जा गरेको नेपालले तेस्रो तथा अन्तिम खेलमा पनि जितलाई निरन्तरता दिदै श्रृंखला ‘क्लीनस्वीप’ गर्ने उदेश्यका साथ मैदानमा उत्रर्दैछ ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ को शृङ्खला शुरु हुनअघि नेपालले र क्यानडाविरुद्ध तयारीस्वरुप तीन खेलको शृङ्खला खेलिरहेको छ ।
अन्तिम खेलमा अनुभवी तीव्र गतिका बलर सोमपाल कामीलाई विश्राम दिँदै नेपालले हेमन्तलाई डेब्यू दिने सम्भावना छ । हेमन्त पावर प्लेमा नयाँ बलका साथ इनस्विङग बलका लागि चिनिन्छन् ।
क्यानडाविरुद्धको जारी शृङ्खलामा नेपालले तीव्र गतिका बलर आकाश चन्द, रिजन ढकाल र स्पिनर सूर्य तामाङलाई डेब्यू गराइसकेको ।
सूर्य र रिजनलाई पहिलो खेल तथा आकाशलाई दोस्रो खेलमा डेब्यू दिएको थियो ।
नेपाल र क्यानडाबीचको सोमबारको खेल बिहान ९ः१५ बजेबाट शुरु हुनेछ।
क्यानडा एकदिवसीय शृङ्खला खेल्न पहिलोपटक नेपाल आएको हो। नेपाल र क्यानडाबीच पहिलोपटक एकदिवसीय मान्यताप्राप्त शृङ्खला हुन लागेको हो। २ वर्ष अगाडि नेपालले क्यानडाको भ्रमण गरेको थियो। यद्यपि त्यो समय क्यानडाको एकदिवसीय मान्यता गुमिसकेको थियो। गत वर्ष क्यानडाले पुनः एकदिवसीय मान्यता प्राप्त गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा