
पर्सा । उपराष्ट्रपति रामसहायकप्रसाद यादवले धार्मिक गतिविधिले मानवलाई सकारात्मक सोच र सही मार्गमा हिँड्न प्रेरित गरिरहेको बताउनुभएको छ ।
वीरगञ्ज महानगरपालिका– १४ पीपरास्थित चिनी मिल परिसरमा आजदेखि सुरु भएको सीताराम नाम सङ्कीर्तन महायज्ञ १०८ कुन्ज एवं नौ दिवसीय श्री विष्णु महायज्ञको उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति यादवले महायज्ञ, भूमिपुजनलगायतका धार्मिक अनुष्ठानले मानव मानवबीच सद्भाव कायम गर्न र मानवलाई सही मार्गमा हिँड्न प्रेरित गरिरहेको बताउनुभयो ।
आपसी खिचातानी, मनमुटाव लगायतका कारण समाजमा अशान्ति बढिरहेका बेला यस्तो धार्मिक अनुष्ठानले शान्ति, अमचयन र भातृत्व प्रबद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुहुँदै महायज्ञले शान्ति कायम गर्न र पारस्परिक एकता प्रबद्र्धन होस् भन्ने कामनास मेत गर्नुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले धर्मले सत्यको बाटोमा हिँड्न प्रेरित गर्ने गरेको बताउनुहुँदै धर्मलाई जोगाउन धर्मगुरुको योगदान महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा उपराष्ट्रपति यादवले महायज्ञ सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
वरिष्ठ कथावाचिका साधवी लक्ष्मी माता तथा अन्य कथावाचकद्वारा नौ दिनसम्म सञ्चालन हुने महायज्ञमा दश लाख श्रदालु भक्तजन सहभागी हुने अनुमान गरिएको महायज्ञ व्यवस्थापन समितिका संयोजक रामप्रवेशप्रसाद कुर्मीले जानकारी दिनुभयो । महायज्ञमा नौ दिनसम्म श्रीराम नाम जप, रामचरित्र मानष पाठ, कथा बाचन, रासलिलालगायतका धार्मिक सांस्कृतिक कार्यक्रम आयोजना हुने संयोजक कुर्मीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा