
काठमाडौँ । आईसीसी यू-१९ विश्वकप क्रिकेट टिमका खेलाडीलाई सरकारले पुरस्कार वितरण गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले आइतबार टीमका खेलाडी तथा प्रशिक्षकलाई सम्मान सहित नगद पुरस्कार हस्तान्तरण गरेको हो ।
यू-१९ विश्वकप टिमका १४ खेलाडी र ३ व्यवस्थापकीय टिमले पुरस्कार प्राप्त गरेका हुन् ।
खेलाडीले जनही ३ लाख रुपैयाँ पाएका छन् भने प्रमुख प्रशिक्षक जगत टमाटाले २ लाख रुपैयाँ र टिम व्यवस्थापक विक्रम विष्ट र फिजियो पूर्णबहादुर तिरुवाले जनही १-१ लाख पाएका छन् ।
यू-१९ टिमले विश्वकप छनोट वापत नेपाल क्रिकेट संघ (क्यान)बाट घोषणा भएको १ लाख रुपैयाँ भने गत बिहीबार नै प्राप्त गरिसकेका छन् ।
नेपाल सरकार र क्यानले गत फागुनमा विश्वकप छनोट भएपश्चात युवा टोलीलाई पुरस्कारको घोषणा गरेको थियो । अब यू–१९ टिमले एसिया कप छनोट भएवापत क्यानले घोषणा गरेको ५० हजार रुपैयाँ भने प्राप्त गर्न बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा