
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले काठमाडौँस्थित ट्रमा सेन्टरमा तिघ्रा र हातको स्वास्थ्य जाँच गराउनुभएको छ ।
शनिबार दैलेखमा सवारी दुर्घटनामा पर्नुभएका एमाले महासचिव पोखरेलले आइतबार ट्रमा सेन्टरमा स्वास्थ्य जाँच गराउनुभएको हो । सुर्खेतबाट दैलेख कार्यक्रममा सहभागी हुन जाने क्रममा महासचिव पोखरेल सवार गाडी सडकमा पल्टिँदा उहाँ सामान्य घाइते हुनुभएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभएको छ । ‘उहाँ आज ट्रमा सेन्टरमा गइ उहाँको स्वास्थ्य जाँच गर्दा सामान्य चोटपटक मात्रै देखिएको छ’ उहाँले भन्नुभयो– ‘उहाँको तिघ्रा र हातमा समान्य चोट लागेको छ । भिडियो एक्सरे गरेर हेर्दा कुनै त्यस्ता खतरा छैन ।’
महासचिव पोखरेलले आजै सुर्खेतबाट काठमाडौँ आउनु भएको हो । जिल्ला अधिवेशन उद्घाटन गर्न दैलेख जान लाग्दा दैलेखको डुङेश्वर गाउँपालिका–१ चुप्रा नजिकै उहाँ सवार गाडी सडकमा पल्टेको हो । गाडीमा एमाले महासचिव पोखरेलसहित केन्द्रीय सदस्य दीपा शर्मा कर्णाली प्रदेश कमिटी सचिव धुव्र शाही पनि हुनुहुन्थ्यो ।
गाडीमा रहनुभएका कर्णाली प्रदेशका उपसचिव पद्मा खड्काको हातमा चोट लागेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा