
बागलुङ । गण्डकी मन्त्रिपरिषद् बैठक ‘पञ्चकोट’मा बस्ने भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश सरकारले प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा मन्त्रिपरिषद् बैठक राख्ने निर्णय गरेको छ ।
प्रदेश सरकारले भोलि माघ २९ गते सोमबार पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको जानकारी दिएको छ । प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीयस्थलको प्रवर्द्धनका लागि प्रदेशका विभिन्न ठाउँमा मन्त्रिपरिषद्को बैठक गर्ने योजनाअनुसार भोलि पञ्चकोटमा बैठक बस्न लागेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभयो ।
‘पञ्चकोटको पर्यटन प्रवद्र्धनमा मद्दत पुगोस् भन्ने सरकारको अपेक्षा छ, अब प्रदेशका मुख्य–मुख्य ठाउँमा मन्त्रिपरिषद्को बैठक बस्नुपर्छ भन्ने लागेको छ, हामीहरुले सबै धार्मिक तथा पर्यटकीय ठाउँहरुको विकास, प्रचारप्रसार गर्नुछ’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।
गण्डकीमा धार्मिक तथा पर्यटकीय गन्तव्य धेरै भएको र यी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाउनका लागि प्रदेश सरकार गम्भीर भइ लागेको उहाँको भनाई छ ।
पञ्चकोटमा फागुन ९ देखि २३ गतेसम्म ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८०’ पनि आयोजना हुँदैछ । मन्त्रिपरिषद्को बैठकपछि महायज्ञमा धेरैभन्दा धेरै भक्तजन आउने विश्वास लिइएको मुख्यमन्त्री पाण्डे बताउनुभयो । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक पोखराभन्दा बाहिर पहिलो पटक बस्न लागेको हो ।
पञ्चकोटका संस्थापक समेत रहनुभएका अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको परिकल्पना र आह्वानमा नेपालमा पहिलो पटक यस्तो महायज्ञ हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै