
नवलपरासी । सदरमुकाम परासीमा खानेपानी महशुल बापतको करिब ४० लाख रुपैयाँ उठ्न सकेको छैन । स्थानीय नेतासहितका उपभोक्ताले खानेपानीको महशुल समयमा नतिर्दा उल्लेखित रकम उठ्न नसकेको हो ।
समितिले खानेपानी उपभोग बापतको बक्यौता भुक्तानीका लागि १५ दिनेसमय सीमा निर्धारण गरेको थियो । त्यस समयभित्र ३ लाख रुपैयाँ मात्रै महशुल भुक्तानी भएको समितिले जनाएको छ । ४३ लाख २३ हजार रुपैयाँ महशुल उठाउन बाँकी भएपछि समितिले ताकेता दिँदै भुक्तानी नगरे धारा काट्ने, भुक्तानी नतिर्नेको नामावली सार्वजनिक गर्ने चेतावनी दिएको थियो । तर १५ दिनको अवधिमा रु तीन लाख २१ हजारमात्र महसुल उठेको समितिका अध्यक्ष खगेश्वर पन्थीले बताउनुभयो । अझै ४० लाख महशुल उठन् बाँकी छ ।
यसबीचमा समितिले वडा नम्बर १ र २ मा तीन जना उपभोक्ताको धारा काटेर पानी वितरण रोकेको छ । स्थानीय राजनीतिक दलका नेताले नै महशुल नतिरेकोे समितिले जनाएको छ । ३ महिनासम्म महशुल नबुझाउने उपभोक्ताको बिना जानकारी धारा काट्ने साधारणसभाले निर्णय गरे पनि समितिले साधारणसभाको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेको छैन ।
समितिले केही संस्थागत र व्यक्तिगत गरी महशुल नबुझाउने ९ वटा धारा यसअघि नै काटेको थियो । समितिले रामग्राम वडा नम्बर १ र ६ मा रहेका दुई वटा खानेपानी ट्याङ्कीबाट १ हजार ७ सय भन्दा बढी घरधुरीलाई खानेपानी वितरण गर्दै आएको छ ।
पोखरापालीमा रहेको ट्याङ्कीको पानी पनि अहिले वितरण भइरहेकाले धारा विस्तार गर्ने समितिको तयारी छ । तर कतिपय उपभोक्ताले संस्थाले विगतमा पर्याप्त र शुद्ध पिउने पानी वितरण गर्न नसकेको भन्दै धमिलो पानीको महशुल तिर्न नसकिने तर्क गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा