
कैलाली । धनगढी उपमहानगरपालिकामा ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रमको प्रशिक्षणका लागि प्रारम्भिक रुपमा खेलाडी छनोट शुरु गरिएको छ ।
धनगढी–१८ फुलबारी स्थित चन्द्रोदय माध्यमिक विद्यालय र वडा नम्बर १२ स्थित सिद्धनाथ माध्यमिक विद्यालय जुगेडा केन्द्रबाट प्रारम्भिक रूपमा खेलाडी छनोट शुरु गरिएको हो ।
फूलबारी र जुगेडा केन्द्रबाट प्रशिक्षणका लागि खुला रुपमा आवेदन आह्वान गरिएकामा दुवै केन्द्रमा ७०÷७० छात्रा गरी एक सय ४० जनाले नाम टिपाएका गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले जानकारी दिनुभएको छ ।
नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत क्रिकेटको शहर धनगढीमा उपमहानगरसँगको साझेदारीमा गो ड्रिमर्सले ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रम सञ्चालन गर्न लागेको जनाइएको छ ।
प्रशिक्षणमा सहभागिताका लागि नाम टिपाएकालाई क्रिकेटर बनाउने जिम्मेवारी आफ्नो काँधमा आएको अध्यक्ष शाहीले बताउनुभयो । उहाँले ग्रासरुट क्रिकेट विकास कार्यक्रमका लागि दुई प्रशिक्षक नियुक्त गरिसकिएको जानकारी दिनुभयो ।
धनगढी–१२ स्थित श्री सिद्धनाथ मावि जुगेडामा ज्ञानेन्द्र क्षेत्री र धनगढी–१८ स्थित श्री चन्द्रोदय मावि फुलबारीमा देवनारायण झाले प्रशिक्षण गराउने अध्यक्ष शाहीको भनाई छ ।
गत माघ ६ गते उपमहानगरसँगको साझेदारीमा गो ड्रिमर्सले धनगढीमा क्रिकेट ग्रासरुट विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनका लागि पहिलो चरणमा प्रशिक्षक झा र क्षेत्रीलाई नियुक्त गरिएको जनाइएको छ ।
धनगढीका दुई नमूना विद्यालयमा क्रिकेटको नर्सरी विकास गर्न यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास उपमहानगरपालिकाले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा