
काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रमा विधान अधिवेशनबारे आइतबार पनि छलफल भइरहेको छ । माओवादी केन्द्रले विधान अधिवेशनबारे केन्द्रीय पदाधिकारी र स्थायी समितिपछि केन्द्रीय समितिमा छलफल थालेको हो ।
केन्द्रीय समितिमा समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि शुरु हुन लागेको विधान अधिवेशनबारे छलफल भइरहेको बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन् । राष्ट्रियसभा गृहमा शुरु भएको बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता बैठकमा समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ ।
माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनःनिर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो । सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गत भदौ १६ गतेदेखि सुरु भएको त्यो अभियान गत पुस १७ गतेसम्म चलेको थियो ।
बैठक आज र भोलिसम्म चल्नेछ । माओवादीको केन्द्रीय समिति ४ सय ९ सदस्यीय छ । वैकल्पिक केन्द्रीय सदस्य १ सय ९० जना छन् । सात वटा भौगोलिक र तीन गैरभौगोलिक प्रदेश समितिका पदाधिकारीलाई पनि बैठकमा आमन्त्रण गरिएको छ ।
माओवादी केन्द्रले फागुन १, २ र ३ गते राजधानीमा विधान सम्मेलन गर्दैछ । विधान मस्यौदाका लागि माओवादी केन्द्रले उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । समितिले प्रस्ताव गरेको विधानमाथि माओवादीको स्थायी समिति बैठकमा छलफल गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा