
मकवानपुर। सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल सशस्त्र प्रहरी (एपिएफ) क्लबले हात पारेको छ । आज भएको फाइनलमा नेपाल एपिएफ क्लबले एनआरटीलाई पराजित गर्यो ।
निर्धारित समयमा गोल गर्न नसकेपछि खेल पेलान्टी सुटआउटमा पुगेको थियो । पेलान्टी सुटआउटमा एनआरटीका तर्फबाट जय गुरुङ, गोलरक्षक प्रिसो, विकेक गुरुङले गोल गर्न सफल भए भने सरोज तामाङ र अभिशेक लिम्बूले प्रहार गरेको बल बाहिर पुगेको थियो ।
त्यस्तै एपिएफका तर्फबाट एनी सेट, कुलदीप कार्की र सुमन श्रेष्ठले गोल गर्न सफल भए भने बुद्धीमान राई र दिपेश धिमालले गरेको प्रहार रोक्नुका साथै क्रसबारमा ठोकिएर बाहिर पुगेको थियो ।
त्यसपछि खेल सडनडेथमा पुगेको थियो । सोही क्रममा एनआरटीको तर्फबाट मोहित गुरुङले गोल गर्न सफल भए भने रन्दीप पौडेलले प्रहार गरेको बल एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले रोक्न सफल भए ।
एपिएफका लागि कप्तान मणि लामा र फोडे फोफानाले एक–एक गोल गर्दै उपाधि चुमे । उपाधिसँगै एपिएफले रु १५ लाख नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै उपविजेता बनेको (न्यूरोड) एनआरटीले रु १० लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । खेलको प्लेयर अफ दी म्याच एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक एपिएफका एञ्जल श्रेष्ठ, उत्कृष्ट डिफेन्डर एपिएफकै कुलदीप कार्की, उत्कृष्ट मिल्डफिल्डर एनआरटीका जय गुरुङ, उत्कृष्ट फरवार्ड एनआरटीकै जोन क्लोरी घोषित भए । उनीहरूले जनही रु २० हजार नगदसहित ट्रफी प्राप्त गरे ।
उत्कृष्ट प्रशिक्षक एपिएफका सुमन श्रेष्ठ भए भने सर्वाधिक गोलकर्ता अनिश महर्जन सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले स्व पर्शुराम गौतम स्मृति प्रतिष्ठानले सौजन्य गरेको रोयल बुलेट बाइक प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा