
काठमाडौँ । आगामी फागुनमा नेपालले त्रिदेशीय टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । कीर्तिपुर क्रिकेट मैदानमा हुने खेलको तालिका नेपाल क्रिकेट संघ (क्यान)ले आज सार्वजनिक गरेको छ । उक्त त्रिदेशीय सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्नेछन् ।
तालिका अनुसार नेपालले फागुन १५ गते नामिबियासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । नेपालले फागुन १६ गते नेदरल्यान्ड्सँग खेल्नेछ । फागुन १७ गते नामिबिया र नेदरल्यान्ड्स भिड्नेछन् ।
यस्तै फागुन १८ गते पुनः नेपाल र नामिबिया, १९ गते नेपाल र नेदरल्यान्ड्स तथा २० गते नेदरल्यान्ड्स र नामिबियाबिच प्रतिस्पर्धा हुनेछ । लिग चरणका शीर्ष दुई टोलीबिच फागुन २२ गते उपाधि भिडन्त हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा