
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलबाट सन्न्यास लिएको ३० महिनापछि फेरि क्रिकेट खेल्न लाग्नुभएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)को सचिव समेत रहनुभएक पारसले ३० महिनाअघि सक्रिय खेलाडीबाट सन्यास लिए पनि रुपन्देहीमा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन कार्यक्रममा हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता खेल्न लाग्नुभएको हो । मैदान उद्घाटनको क्रममा चार टोलीबीच टी–१० प्रतियोगिता आयोजना गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । उद्घाटन फागुन १४ गते हुनेछ ।
उक्त अवसरमा सोही मैदानमा नेपालको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको नेपाली टोली, रुपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपालबिच क्रिकेट प्रतियोगिता हुनेछ । पूर्व कप्तान पारसले सन् २०१४ टोलीको कप्तानी गर्नुहुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा