
काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रमा विधान मस्यौदामाथि छलफल शुरु भएको छ । माओवादी केन्द्रको स्थायी समिति बैठकमा विधान मस्यौदामाथि छलफल थालिएको हो ।
माओवादी पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार बसेको बैठकमा विधान मस्यौदा कार्यदलका संयोजक एवं उपाध्यक्ष पम्फा भुसालले विधानका प्रमुख विशेषताका बारेमा बैठकमा प्रस्तुति दिनुभएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभएको छ।
बैठकमा विधानमाथि महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिवद्वय गणेश साह र राम कार्की तथा स्थायी समिति सदस्य शशि श्रेष्ठले धारणा राख्नुभएको छ ।
विधानमा धारणा राख्ने अधिकांश सदस्यले पार्टी विधानमा समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित तथा समाजवादी विचारधारा प्रवाहित हुनेगरी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । नेताहरूले पार्टी कमिटी चुस्तदुरुस्त हुनुपर्ने, केन्द्रीय समिति १ सय ५१ सदस्यीय बनाइनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
यद्यपि छलफलका क्रममा उठेका विषयको निरुपण भने विधान सम्मेलनबाटै हुने प्रवक्ता सापकोटाको भनाई छ । बैठकमा सैद्धान्तिक र नीतिगत छलफल भएको उहाँले जानकारी दिनुभयो । स्थायी समिति बैठक शनिबार पुनः बस्ने भएको छ
माओवादीले विधानमाथि छलफल गर्न आइतबार र सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ । माओवादीले फागुनको पहिलो साता विधान सम्मेलन आयोजना गरेको छ । फागुन १, २ र ३ गते विधान सम्मेलन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा