
काठमाडौँ । नेपाल र क्यानडाबीच जारी तीन दिवसीय क्रिकेट श्रृंखलाको दोस्रो खेल शनिबार त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुदै छ । श्रृंखलाको पहिलो खेलमा ७ रनको रोमाञ्चक जित निकालेको नेपाली टीम दोस्रो खेलमा पनि जितलाई निरन्तरता दिने उदेश्यका साथ मैदानमा उत्रर्नेछ ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ को शृङ्खला सुरु हुनअघि नेपाल र क्यानडाले तयारीस्वरुप तीन खेलको शृङ्खला खेल्न लागेका हुन् ।
नेपाल र क्यानडाबीचको शनिबारको बिहान ९ः१५ बजेबाट शुरु हुनेछ।
क्यानडा एकदिवसीय शृङ्खला खेल्न पहिलोपटक नेपाल आएको हो। नेपाल र क्यानडाबीच पहिलोपटक एकदिवसीय मान्यताप्राप्त शृङ्खला हुन लागेको हो। २ वर्ष अगाडि नेपालले क्यानडाको भ्रमण गरेको थियो। यद्यपि त्यो समय क्यानडाको एकदिवसीय मान्यता गुमिसकेको थियो। गत वर्ष क्यानडाले पुनः एकदिवसीय मान्यता प्राप्त गरेको थियो ।
क्यानडाविरुद्धको शृङ्खलाका लागि नेपाली टिममा नयाँ अनुहारलाई प्राथमिकता दिइएको छ। हालै यू–१९ विश्वकपमा राम्रो प्रदर्शन गरेका तीव्र गतिका बलर आकाश चन्दले क्यानडाविरुद्धको शृङ्खलामा मौका पाएका छन् । यस्तै, प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका बलहरु रिजन ढकाल र सूर्य तामाङसहित हेमन्त धामीलाई पनि समावेश गरिएको छ। यद्यपी क्यानडाविरुद्धको पहिलो शृङ्खलामा आकाश चन्द र हेमन्त धामी बेञ्चमा बसेका थिए । रिजन ढकाल र सूर्य तामाङले भने क्यानडाविद्धको पहिलो एकदिवसीय श्रंखलामा डेब्यु गरेका थिए ।
बिहिवार सम्पन्न पहिलो खेलमा कप्तान रोहित पौडेल एक्लैले चार विकेट लिएपछि नेपालले क्यानडाविरुद्ध ७ रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
टस हारेर पहिले बलिङ गरेको पाहुना टोलीले नेपाललाई २२४ को सामान्य योगफलमा समेटेको थियो । नेपालले प्रस्तुत गरेको २ सय २५ रनको सामान्य लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय १७ रनमा सीमित भयो ।
क्यानडाका लागि निकोलस कीर्तनले ९९ बलमा ७ चौकाको मद्दतमा ६८ रन बनाए भने पर्गत सिंहले ५० र हर्श थाकरले ३२ रनको योगदान दिए । तर अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा पहिलो खेलमा नेपाल बिजयी भएको थियो ।
नेपालका लागि कप्तान पौडेल एक्लैले चार र ललित राजबंशीले दुई विकेट लिए । त्यसैगरी सोमपाल कामी, रिजन ढकाल, पवन शर्राफ र कुशल मल्लले समान एक-एक विकेट लिए ।
जितसँगै नेपाल तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।
नेपाल र क्यानडाबीच अन्तिम खेल सोमबार हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै