
काठमाडौँ । आईसीसी यू-१९ विश्व कप क्रिकेटमा पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया फाइनलमा प्रवेस गरेको छ ।
दक्षिण अफ्रिकाको बेनोनीमा विहिबार भएको दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया पाकिस्तानलाई १ विकेटले हराएर फाइनलमा प्रवेस गरेको हो । अब उपाधिका लागि आइतवार अस्ट्रेलिया र भारत खेल्ने भएका छन् । पहिलो सेमिफाइनलमा घरेलु टोली दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको थियो ।
पाकिस्तान ४८.५ ओभरमा १ सय ७९ रनमा अलआउट भएको थियो । पाकिस्तानका अजन अविस र अर्फत मिनहासले समान ५२ रन बनाएका थिए । अस्ट्रेलियाका टम स्ट्राकेरले ६ विकेट लिएका थिए । पाकिस्तानले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित ओभरको ५ बल बाँकी हुँदै ९ विकेट गुमाएर जित दर्ता गरेको हो ।
अस्ट्रेलियाका लागि हेरि डिक्सनले ५० रनको अर्धशतकीय पारी खेले । ओलिभर पिकले ४९ तथा टम काम्पबेलले २५ रन बनाए । अन्त्यमा रफ म्याकमिलनले १९ रनको नटआउट खेले । पाकिस्तानका अलि राजाले सर्वाधिक ४ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा