
काठमाडौँ। नेकपा एमाले काठमाडौँ जिल्ला कमिटी सचिवालय सदस्य अरूण प्रकाश श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।
एमाले जिल्ला कमिटी सदस्य श्रेष्ठलाई पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले पार्टीमा भित्र्याउनु भएको छ । अध्यक्ष नेपालले एकीकृत समाजवादी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार आयोजित कार्यक्रममा एमाले परित्याग गरेका श्रेष्ठलाई स्वागत गर्नुभएको हो ।
कार्यक्रममा पार्टी केन्द्रीय कार्यालयसचिव जीवनराम श्रेष्ठ, पूर्वमन्त्री तथा पार्टीका नेता किसान श्रेष्ठ, मधेश प्रदेशका कृषिमन्त्री गोविन्द न्यौपाने, काठमाडौँ महानगर इन्चार्ज सागर नेपाल, अध्यक्ष रामेश्वर श्रेष्ठ, अनेमसंघ समाजवादी काठमाडौँकी अध्यक्ष सरिता खनाल, सचिव शशीकला पराजुली लगायत सहभागी हुनुहुन्थ्यो ।
श्रेष्ठले ‘एमालेमा व्यक्तिवाद, प्रभुत्ववादले राज गरेको’ भन्दै आफूले पार्टी परित्याग गरेको बताउनु भयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा